neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरपालिमा पानीपुरी बेच्न रोक

ललितपुर महानगरपालिमा पानीपुरी बेच्न रोक

Jun 26th, 2022

काठमाडौं १२ असार

पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले आइतवार ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन्

ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्ना प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको थालेको छ ।