neapl investment mega bank

४४ राउण्ड गोली सहित दुई जना पक्राउ

Dec 9th, 2019

नुवाकोट, मंसिर २३

बेलकोटगढी नगरपालिका ७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।