neapl investment mega bank
  • गृहपृष्ठ
  • मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

Jun 17th, 2022

काठमाडौ ,३ असार

चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए ।

श्रेष्ठका बुवा तथा मनकामना केबलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डतर्फ प्राप्त गरेका थिए।श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन्।