neapl investment mega bank

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

Jun 7th, 2022

काठमाडौ २४ जेठ

प्रहरी नायब निरीक्षकहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन् । सोमबार वसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।

साथै सरकारले हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले गत जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा शुरुवात गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरिएको बताएका हुन् ।

गृहमन्त्री खाणका अनुसार बैठकका अन्य निर्णय यस्ता छन् ।

विश्व बैंकबाट हरित उत्थानशील समावेशी विकासका लागि हुने सय मिलियन प्राप्त हुने अमेरिकी डलर करिव १२ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण, सहायता लिन वार्ता टोली गठन गर्ने ।

( व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा श्री शरदविक्रम राणालाई नियुक्त गर्ने ।

( सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने ।

( तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्वीकृत दिने ।

( हातहतियार खरखजाना ११ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

( सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाशचन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने ।

( नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने ।

( अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने एशिया प्यासिफिक निनिस्टेरियल कन्फ्रेन्स अन डिजास्टर रिस्क रिडक्शन कार्यक्रममा गृह मन्त्रालयका सचिव श्री टेकनारायण पाण्डेलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

( भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।

( गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने ।

( रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।

( फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास निर्माण समितिको अध्यक्ष पदमा श्री सुवास बी। साही र सदस्य पदमा श्री कल्पना दियाकोटीलाई मनोनयन गर्ने ।

( नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने ।

( औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।

( स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।

( मानव अंग प्रत्यारोपण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ स्वीकृत गर्ने ।

( राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत श्री सरजुकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने ।

( लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको नेपाल वन तथा नेपाल शिक्षा सेवाका चार जनालाई राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने ।

हाल परीक्षणको रुपमा लागू गरिएको एक हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने ।