neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्ता सहमती भएपछि आजदेखि काठमाडौको फोहोर सिसडोल लगिने

यस्ता सहमती भएपछि आजदेखि काठमाडौको फोहोर सिसडोल लगिने

Jun 7th, 2022

काठमाडौँ २४ जेठ

काठमाडौँ उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ । काठमाडौको फोहोर सिसडोल र बञ्चरेडाँडामा लगिने भएको छ । यस विषयमा सोमबार सहमति भएको हो ।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति भएको हो ।

सहमती अनुसार १० दिनभित्रमा रासायनिक र जैविक उपचार गरी सिसडोल क्षेत्रको दुर्गन्ध हटाइने छ । मन्त्रालयका तर्फबाट बन्चरेडाँडामा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा मन्त्रालयबाट आर्थिक बर्ष २०७९ ८० को लागि विभिन्न ५ वटा सडकको लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपणको लागि एक करोड ७० लाख विनियोजन गर्नेसहित तीन सहमति भएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरपालिकाले प्रभावित धुनिवेसी नगरपालिका ( १,३,४ र ककनी ( १,२ र ३ का प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बिमा गर्नुपर्नेछ भने पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइने सहमती भएको छ ।