neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै निर्णयबाट पछि हट्यो सरकार, अव आइतबार विदा नहुने

आफ्नै निर्णयबाट पछि हट्यो सरकार, अव आइतबार विदा नहुने

Jun 6th, 2022

काठमाडौ २३ जेठ

सरकारले आइतबार पनि सार्वजानिक विदा दिन गरेको निर्णय एक महिना नपुग्दै उल्ट्याएको छ । सरकारले सोमबार असार १ गतेदेखि आइतवार सार्वजानिक विदा खारेज गर्ने निर्णय गरेको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सो निर्णमा पुर्नविचार गर्दै असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ ।यस निर्णयसंगै अव असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने छ ।

सातामा दुइ दिन विदा दिन सरकारले गरेको निर्णयको चौतर्फी आलोचना भएको थियो । आइतबार विदा हुँदा सेवा प्रवाहमा समस्या देखिएको भन्दै विभिन्न क्षेत्रले विदाको आलोचना गर्दै अवज्ञा समेत गरेका थिए । अधिकांश निजी विद्यालयले आइतबार विदा दिएका थिएनन् भने धेरै स्थानीय तहले आइतवार बिदा दिने निर्णयको अवज्ञा गरेका थिए ।

त्यस्तै सोमबार मात्रै सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन समेत दर्ता भएका थिए। ​अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहनी र त्रिलोकबहादुर चन्दले विदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए।