काठमाडौँ २० जेठ
राष्ट्रिय सभाले यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकनसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
शुक्रबार बसेको संघीय संसदको राष्ट्रिय सभाको बैठकले स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम सो निर्देशन गरिएको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक रही दर्ता गरेको संकल्प प्रस्तावमा डा.विमला राई पौड्याल, विमला घिमिरे,गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक रहेका छन् ।