neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट, हेर्नुस् पूर्णपाठ

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट, हेर्नुस् पूर्णपाठ

May 29th, 2022

काठमाडौं १५ जेठ

सरकारले आगामी आर्थिक वर्ष २०७९ ८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९र८० को आयव्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएको बताए ।

बजेटमा चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब तीन करोड, वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै राजस्व १२ खर्ब ४० अर्ब ११ करोड छ । अनुदान ५५ अर्ब ४६ करोड तथा वैदेशिक ऋण दुई खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋण दुई खर्ब ५६ अर्ब रहेको छ । हेर्नुस् पूर्णपाठ

https://drive.google.com/file/d/1LC9KBqL9IgcixMMYt4hqXc-ru0sUjVJ-/view?usp=sharing