neapl investment mega bank

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

May 29th, 2022

काठमाडौँ १५ जेठ

सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी कर्मचारीको तलब वृद्धि गरेको हो ।

संसदमा आर्थिक वर्ष २०७९ /०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको बताएका हुन् । साथै कर्मचारीले खाइपाइ आएको महंगी भत्तालाई निरन्तरता दिएको छ ।