neapl investment mega bank
  • गृहपृष्ठ
  • आज आर्थिक वर्ष २०७९/८० को बजेट बजेट आउँदै

आज आर्थिक वर्ष २०७९/८० को बजेट बजेट आउँदै

May 29th, 2022

काठमाडौं १५ जेठ

सरकारले आज दिउँसो ४ बजे आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दैछ। संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ ८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्ने छन् ।

संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने सङ्घीय संसदको संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित भइसक्न प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेका छन् । बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।