neapl investment mega bank
  • गृहपृष्ठ
  • संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित

संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित

May 28th, 2022

काठमाडौ १४ जेठ

प्रतिनिधिसभाको बैठकबाट सरकारले आर्थिक वर्ष २०७९/ ८० का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको बैठकमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिएपछि सरकारको नीति तथा कार्यक्रम पारित भएको हो।

नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट गत जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् ।