काठमाडौ १३ जेठ
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहको जित राजनीतिक दललाई ठूलो चुनौति बनेको छ । लौरो चिह्नबाट स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदका उमेदवार बनेका बालेनले ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका छन् ।
बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।
स्वतन्त्र उमेदवार बालेनले दलका नेतालाई फराकिलो मतान्तरले पराजित गरेपछि राजनीतिकदलप्रति जनताको वितृष्णा उजागर भएको छ भने उनको जितले युवाहरुमा नयाँ आशा पलाएको छ ।
को हुन् बालेन?
काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित बालेन शाहको पूरा नाम वालेन्द्र साह हो । उनको जन्म सन् १९९० मा भएको हो ।
उनको पुर्ख्यौली घर महोत्तरी जिल्लामा हो । आमाा कुवदेवी साह र बाबु रामनारायण साहका सुपुत्र बालेन साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तर उर्तिण गरेका छन् ।
उनले देशैभरका सक्षम नेता एवम् व्यक्तिसँग सहकार्य गर्दै काठमाडौं महानगरको मुहार फेर्ने प्रतिबद्धता यक्त गरेका छन् । बालेनले विभिन्न गीत लेखन, गायन, निदेशन र र्याप गीतमार्फत् युवा पुस्तामा आफ्नो लोकप्रिय छवी बनाएका छन् । काठमाडौ माहानगरमा भएको साहको जीतले राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ भने देशभरका युवामा खुशियाली छाएको छ ।