ललितपुर , १० जेठ
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य (बज्रचार्य) विजयी भएकी छन् ।
महर्जनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई एमालेक हरकिृष्ण व्यञ्जनकारलाई फराकिलो मत अन्तरले पराजित गर्दै मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । अन्तिम मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।
महानगरमा ८६ हजार ५ सय ४० मत खसेको थियो भने मेयरमा तीन स्वतन्त्रसहित १३ जना तथा उपमेयरमा ११ जनाको उम्मेदवारी परेको थियो ।
ललिपतपुर महानगपालिमा २९ वटा वडामध्ये ११ वडामा काँग्रेस, ११ वडामा एमाले,३ वडामा माओवादी, २ वडामा नेकपा एस तथा २ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार महर्जन नै विजयी भएका थिए ।