neapl investment mega bank
  • गृहपृष्ठ
  • नीति तथा कार्यक्रम पारित , आज संसदमा पेस हुदै

नीति तथा कार्यक्रम पारित , आज संसदमा पेस हुदै

May 24th, 2022

काठमाडौँ ,१० जेठ

सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज विहान सिहंदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, लोकप्रिय कार्यक्रमलगायतका विषय समेटिएका छन् ।

सरकारले पारित गरेको नीति तथा कार्यक्रम आजै दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।

जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने र जेठ १५ गते नयाँ बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।