neapl investment mega bank
  • गृहपृष्ठ
  • ७३४ स्थानीय तहको मत परिणाम सार्वजानिक, काँग्रेसले जित्यो ३२२ पालिका, अरुले कति?

७३४ स्थानीय तहको मत परिणाम सार्वजानिक, काँग्रेसले जित्यो ३२२ पालिका, अरुले कति?

May 24th, 2022

काठमाडौँ १० जेठ

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगले जनाए अनुसार हालसम्म १ महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।

अव ५ महानगरपालिकासहित १८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ भने २ वटा पालिकाको मतगणना अझै सुरु भएको छैन। अहिले सम्मको नतिजा हेर्दा नेपाली काँग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी स्थानमा जितेको छ ।

दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। कांग्रेसले जम्मा ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ भने नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा विजयी भएको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिका नेकपा एकीकृत समाजवादीले १८ वटा पालिकामा जित हासिल गरेको छ । यता लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिका जितेका छन् ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिका नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिका जितेका छन् । जनमत पार्टीले दुई वटा पालिका, नेपाल मजदुर किसान पार्टीले १ वटा (भक्तपुर नगरपालिका) , विवेकशील साझा पार्टीले एउटा पालिका प्रमुखजनप्रगतिशील पार्टीले एउटा पालिकामा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले १२ पालिका प्रमुख जितेका छन् ।