neapl investment mega bank
  • गृहपृष्ठ
  • भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचित

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचित

May 24th, 2022

चितवन १० जेठ

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उमेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५२ हजार ३० मत ल्याएर पुन: विजयी भएकी छन् । त्यस्तै उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरेका छन् ।

अघिल्लो कार्यकालकी मेयर दाहाल भरतपुरको मेयरमा पुन विजयी भएकी हुन् । मेयरका अर्का प्रत्यासी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।महानगरमा कूल एक लाख २७ हजार ५६६ मत खसेको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड र सीता दाहालकी छोरी हुन् रेणु दाहाल बि.स. २०५१ सालमा पार्टी प्रवेश गरि २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन । द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव, काठमाण्डूकी जिल्ला सचिव हुँदै पोलिटब्युरो सदस्य हुँदै संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् ।