neapl investment mega bank
  • गृहपृष्ठ
  • घरखेत सिद्धिसक्दा पनि तारिख बोकिरहनुपर्ने पनि न्याय क्षेत्र

घरखेत सिद्धिसक्दा पनि तारिख बोकिरहनुपर्ने पनि न्याय क्षेत्र

May 14th, 2022

उमेश थापा
भक्तपुर ,बैशाख ३१
न्याय पाउनपर्नु न्यायकर्मीहरुबाट जनताले न्याय होइन् झन् ठगिरहेको छन् । उनीकै विरोधमा सर्वसाधारण नै न्यायको खोजीमा हिड्नुपर्ने बेला भएको छ । कसैको घरमा सानोझैं झगडा भयो भने तर मेलमिलापको साटो झनै आगो लगाउने काम गर्छन वकिलहरु । एउटा सानो मुद्दा लेखेबापत २५ हजारदेखि एकलाख सम्म लिने । अनि एउटा मुद्दा बहस गरेको ३० हजार देखि १५ लाखसम्म असुल्छन् । हार्ने मुद्दालाई पनि जिताउँछौं भन्दोनाताको आँखामा झारो छर्छन्, वकिलहरु । मेरो चिनजानमा न्यायाधीश छन् भनेर लुट्छन् । यता, न्यायाधीशसंग उनीहरुको चिनजान नै भएको हुदैन् ।

न्यायाधीशले मुद्दाको मिसिल हेर्छन्, आफनो विवेक प्रयोग गरेर फैसला गर्छन् । यसमा वकिलहरुलाई हुँदो न खाँदोको पैसा खुवाएर के गर्नु ? अन्त्यमा फैसला गर्ने न्यायाधीशको दिमाग नै हो । तर, फाइदा भने वकिललाई मात्र छ । उनीहरुले पछि विभिन्न बहाना बनाचउदै बडो स्वादका साथ त्यो पैसा पचाइदिन्छन् । प्राईभेट वकिलहरुले मुद्दा लेखेको र बहस लडेको रेट नेपाल सरकारले निर्धारण गरेको होइन । प्राइृभेट वकिलहरुको जिब्ररोमा रेट छ । एउटा निवेदन लेखेको पाँचहजार देखि २५ हजारसम्म ठोकिरहेका छन् । तर, राज्यलाई तीनसय ५० राजश्व तिर्छन् । कम्पनि दर्ता गर्दा ५० हजारदेखि एकसम्म लिन्छ । यो कम्पनि, संस्था, प्यान, भेट मा अडिट वा नविकरण गर्दा मँहगो रेट लिएर ठग्छन् ।

विभिन्न संघसंस्थामा कानुनी सल्लाहकार बसेर पनि उनीहरुले त्यतिकै लुटिरहेका छन् । सरकारी, गुठी, मठमन्दिरको जग्गा पनि व्यक्तिको नाम पास गराउनको लागी पनि सहयोग गर्छन् । वकिलहरुले सेवाग्राहीहरुसँग पैसा लिन्छन् बिल दिँदैन । एउटा वकिलले दिनमा एक दर्जन मुद्दा लड्छ, आधा दर्जन बहस । एक लाखदेखि १० लाख आम्दानी गदएछन् । वकिलहरुले लिने पैसा महँगो हो कि सस्तो हो भन्ने थाहा छैन । वकिलहरुले पैसा पाए भने जित्ने मुद्दा पनि हराईदिन्छन् । अरु मुलुकमा वकिललाई भगवान मानिन्छ तर नेपालमा ठगमारा । वकिलहरुले गरेको भ्रष्टचार न त अख्तियारले छानबिन गर्छ न त सम्पत्ति शुद्धिकरण विभागले ।

भन्सुन गरेर, कमिशन खुवाएर र राजनीतिक दलको झोला बोकेर पढाइको क्षमता नभएपनि नेपाल बार करोसिएशनबाट लाईसन्स निकाल्न सफल भए । वकिलहरु पैसाको लागिजस्तो पनि कागज लेख्छन् । अनि सिधासाधी र अशिक्षत जनतालाई जनतालाई कानुनी कागजमा ल्याप्चे लगाउन लाउने । त्यो कागजमा के लेखेको छ बिचरा कालो अक्षर भैसी बराबर मान्छेलाई थाहा छैन् । कति कागज लेनदेन तमसुर गराउने। कति कागज वैदैशिक रोजगारमा पठाउँछु भनेर कागज गराउने ।

एकातिर पीडित सर्वसाधारणलाई साान्ती गुण्डाहरुले मिटर ब्याजमा पैसा लगाएर एक दिनको एक हजार व्याजमा लाखको चेक काट्न लगाने अनि उनीहरुको घरजग्गा धितो राख्ने । गुण्डाहरुलाई कानुनी सल्लाह दिनुमा वकिलहरु नै अग्रछर छन् । यसबापत यिनीहरुले कमिशन पाउछन् ।वकिलहरुले पैसा नभएको मान्छेको मुद्दा हेर्दैन् । यो कानुनी राज्य हो तर सिधासाधी जनता वा पैसा नभएको जनताले भने न्याय नपाउन अवस्था छ । वकिलहरुको कारण सरकारी जग्गाहरु सबै व्यक्तिको नाममा गएको हो । वकिलहरुले घर जग्गाको नामसारी गर्दा खेरी पनि राजश्व छलि गर्छन् ।

यता, हराएको नक्सा निकाल्दा, घर लालपुर्जा बनाउदा पनि कमिशन खान्छन् । घर, बाटो जग्गाको वडाबाट सिफारिस लिँदा सेवाग्राही महँगो पैसा लिन्छन् तर सरकारलाई राजश्व कम दिन्छन् । अहिले नेपालका वकिल र वरिष्ठ अधिवक्ताहरु ज्नतार राष्ट्रको लागि होइन् राजनीतिक पार्टीका लागि बहस गर्छन् ।

आफ्नो कुरा नसुनेको खण्डमा प्रधानयायाधीशले घुस खाएको आरोप लगाउछन् । न्यायधीशलाई घुस खुवाउन सिकाउने यिनीहरु नै वकिलहरु हुन् । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने श्रेय पनि यिनीहरुलाई नै जान्छ । प्रधानन्यायाधीशले घुस खायो भनेर विरोध गर्छन् तर आफुले ठगेको कुराचाहि लुकाउछन् ।अहिल नेपालमो भएका वकिलहरु बिगत कोटाउने हो भने उनीहरुसँग एक जोर कपडा किनेर लगाउने पैसा थिएन । एउटा कोठा भाडामा लिएर बस्नै हौसिएत थिएन । अहिले त्यहिँ वकिलहरु काठमाडौं ३ वटा देखि १० वटा घर छन् । जग्गा २० औं ठाउँमा छन् । नेपालमा मात्र नभई विदेशमा पनि यिनिहरुको पैसा छ ।

वकिलहरु केही महिना अगाडि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राणालाई हटाउनका लागि महाअभियोग लगाए । त्यति गर्नका निम्ति उनीहरुले सबै राजनीतिक दलको घरदैलो चहारे । तर, के पाए ? आफुले गरेको भ्रष्ट्राचार लुकाउन उनीहरु खन्निएका सबैले बुझिसकेका थिए ।
बिना पैसा काम नगर्ने वकिलहरुलाई जनताले चिन्दैनन् । वकिलहरुले पैसा पाएपछि उल्टोलाई सुल्टो बनाइदिन्छन् । पैसा पाउनका लागि धर्म बिर्सिछन् । नैतिकता त्याग्छन् । सरकारले वकिलहरुको सम्प्त्ति छानबिन गर्नैपर्छ । वकिलहरुले तारिक बोकेको पनि मोटो रकम असुल्छन् । वकिलहरुको रेट सरकारले निर्धारण गर्नुपर्छ ।

वकिलहरु सेवाग्राहीसँग कमााएको पैसा पनि राजश्व लिनुपर्छ । एउटै वकिलले एक वर्ष २० लाख देखि करोड कमाउछन् तर राज्यलाई फुटेको कौंडि तिर्दैनन् । वकिलहरु सञ्चालन गरेको लफर्म पनि कम्पनी र घरेलुमा गएर दर्ता गरिनुपर्छ । वकिलहरुले सेवा होइन् व्यापार गरेका छन् ।
व्यापार गरेर आफु कमाउने अनि जनता र राज्य ठग्ने ? कानुनको पवष्यमा थाहा नभएको जनतालाई यिनीहरुले ठग्नु ठगेका छन् । कानुन मन्त्रालय र कानुन विभागले न्याय क्षेत्रमा भएको बेतिथि हटाउन सकेको छैन् । कानुनमन्त्री गोविन्दप्रसाद भट्टराई वकिलहरुअघि लम्पसार परेका छन् । कानुनमन्त्रीले कानुन क्षेत्रमा भएको वेथिति नहटाउँदा नसक्दा अधिकांश न्याय पाउनबाट वञ्चित भएका छन् ।

सबैभन्दा महँगो, ठग्न सजिलो न्याय क्षेत्र हो । नेपालका वकिलहरु सरकारी कर्मचारी र नेताले भ्रष्टचार गरे भन्छन् तर देश ब्रिगानेृ र भ्रष्टाचारको हेड मास्टार यिनीहरु हुन् । वकिलहरुको व्यवहारले गर्दा जनताले आजित भइसकेका छन् । कतिको मुद्दा लड्डालड्दै, तारिख बोक्दाबोक्दै घरखेत नै सखाप भएको छ । २० रुपैंयाको कलम किनेर लेखेकै वा बोलेको भरमा करोडौ कमाउने पेशा यही नै रहेछ । छिटो सम्पत्ति जोड्ने र कोही बिचमा नआउने कति आनन्द । नेपालमा राजनितिक परिर्वतन भयो तर वकिलहरुको व्यवहारमा परिवर्तन आएन् । २०७२ सालमा संविधान आएपनि कानुनी क्षेत्रमा आएन् ।

वकिलहरुको व्यवहार र बानी कहिले पनि सुध्रिने होला ? अब जनताहरु वकिलहरुको काो कर्तुतबारे आफ्नो आवाज बुलन्द बनाउनुपर्छ । घरखेत नै सिद्धाएर सडकमा आउदापनि न्याय नपाउने कस्तो क्षेत्र हो यो ? कालोकोटेहरुको मन पनि उत्तिकै कालो छ । पर्दा भित्र बसेर जनता ठग्ने काम कहिले बन्द हुन्छ, न्यायकर्मी ज्यु ।