आधारभूमि संवाददाता
काठमाडौं २८ बैशाख
चालू आर्थिक वर्षमा महंगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको । आज बुधबार गते नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको प्रतिवेदनमा महंगी बढेको देखिन्छ ।
आर्थिक वर्ष २०७८ /७९ को नौ महिनाको समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ ।
तथ्याङ्कमा समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको जनाइएको छ । राष्ट्र बैंकको विवरण अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।
यस्तै २०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको जनाइएको छ।
गता गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ तथ्यांकमा उल्लेख छ ।