आधारभूमि संवाददाता
ललितपुर २७ बैशाख
नेकपा एमालेको गोदावरी नगरपालिकाको नगर कमिटीको उपसचिव रमी प्रधानाङ्गले गोदावरी नगरपालिकामा एमालेको तचर्फबाट उममेयरमा उमेदवारी दिनुभएको छ।
यतिबेला रमी प्रधानाङ्ग नेकपा एमालेको तर्फबाट गोदावरी नगरपालिकामा उपमेयरको उम्मेदवारको रुपमा घरदैलोमा रहनुभएको छ ।
बौद्धिक महिलामा गनिने रमी प्रधानाङ्गले हिमालयन कलेज, जनभावना क्याम्पस चापागाउँ, किटिनी क्याम्पस गोदावरी, फुलचोकी क्याम्पस ठैवसमेत गरी विगत १४ वर्षदेखि निरन्तर रुपमा प्राध्यापनमा संलग्न हुनुनुन्छ । अखिल नेपाल महिला संघमा आवद्ध रमी गोदावरी नगरकी सफल महिला नेतृको रुपमा चिनीनुहुन्छ ।
गोदावरी नगरपालिकाको निर्वाचनमा विजयी हुनेमा विश्वस्त रमी नगरको भौतिक विकास र सामाजिक विकासको खाका स्पष्ट रुपमा प्रतिबद्धतापत्र मार्फत अघि सारेको र सहित मेयर र सबै वडाका एमालेका उम्मेदवार विजयी गराउन अहोरात्र चुनावी मैदानमा दौधधुपप गरेको वताउनुहुन्छ । गोदावरी नगरको कला, संस्कृति, सभ्यता र आर्थिक समृद्धिको कार्ययोजना पूरा गर्ने उहाँको लक्ष्य छ ।
रमी प्रधानाङ्ग जस्ता बौद्धिक महिला नगरपालिकामा निर्वाचित भएमा नगरबासीले आफ्नो सच्चा प्रतिनिधित्व पाएको महसुस गर्नेछन् ।