neapl investment mega bank
  • गृहपृष्ठ
  • आज राती देखि सिमा नाका बन्द, चुनावमा मतदान गर्न भारतको दिल्लीबाट नेपाल फर्कनेको लर्को

आज राती देखि सिमा नाका बन्द, चुनावमा मतदान गर्न भारतको दिल्लीबाट नेपाल फर्कनेको लर्को

May 10th, 2022

आधारभूमि संवाददाता

दिल्ली , २७ बैशाख

अध्ययन, रोजगारी तथा व्यापार व्यवसायको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका नेपालीहरु स्थानीय निर्वाचनमा मतदान गर्नको लागि धमाधम नेपाल फर्कन थालेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन भारतको नयाँदिल्लीबाट मात्र दैनिक ५ सयको हाराहारीमा नेपालीहरु मतदान गर्नकै लागि स्वदेश फर्किन थालेका छन् । लक्ष्मण जस्तै थुप्रै नेपालीहरुले आफूलाइ मन परेको उमेदवार छान्नको लागि एक दुइ साताको विदा मिलाइ नेपाल जान लागेको बताउँछन् ।

रोजगारीको लागि वाध्यतावस यहाँ बस्नुपरेको हो, मन जती नेपालमै छ, अहिले त झन् चुनावको वेला कतिखेर नेपाल पुगौला जस्तो भएको छु दिल्लीबाट सोमबार बिहान नेपाल जान लागेका लक्ष्मण अधिकारीले भन्नुभयो (ुपाँच वर्षमा भोट हाल्ने मौका पाइएको छ जसरी पनि जानु पर्यो नि ।

उनीहरु स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्दे आफ्नो पालिकाको नेतृत्व आफैले छान्नपर्छ भन्दै परिवार सहित स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल फर्कनेको लर्को बढ्न थालेको छ ।

ुहामी त स परिवार आफ्नो मताधिकार प्रयोग गर्न १५ दिनको बिदा मिलाएर जान लागेका हौं, दिल्लीबाट बुटवल जाने क्रममा लक्ष्मणले भन्नुभयो, ( ुनिर्वाचनमा आफ्नै छिमेकी उठेका छन् उनलाई जिताउने कर्तव्य हाम्रै हो मतदान गर्न त जानु पर्यो नि, । पछिल्लो एक सातायता अन्य समयभन्दा बढी नेपाली स्वदेश फर्कन थालेको यहाँका यातायात व्यवसायी वताउँछन् ।

दिल्लीबाट भोट दिनकै लागि स्वदेश फर्कनेहरु मतदान गर्ने अधिकार प्रयोग गरेर सक्षम नेतृत्व चयन गर्न मतदान गर्ने वित्तिकै पुन दिल्लीमै फर्केर आफ्नो कर्ममा लाग्ने वताउँछन् । नेपाल भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएका यातायात व्यवसायीहरु चुनावको मिती नजिकीएसंदै दैनिक ४र ५ सयको दरले नेपालीहरु भोट दिनकै लागि नेपाल जाने गरेको वताउँछन् ।

२०१० देखि दिल्लीमा रहेर दिल्ली बुटवल बस सेवा सञ्चालन गर्दै आउनुभएकी चाचाचाची टुर एण्ड ट्राभलकी सञ्चालक उषा लम्सालले एक साता यता देखि हरेक दिन बिहान ४ वटा र वेलुका ३ बटा बस नेपाल जाने गरेको बताउनुभयो । उहाँले नेपालमा चुनावको माहोल बढेसंगै यहाबाट भोट दिन भन्दै स(परिवार नेपाल जाने गरेको वताउनुभयो । उहाँले भन्नुभयो विहान र वेलुका गरी दिल्लीको सरोजनी नगरबाट वुटवलको लागि दैनिक ७ वटा बसमा लगभग ५ सय यात्रु जान्छन् , यतिवेला त यात्रुुहरु बसमा कोचाकोच गरेरै भएपनि जाने गरेका छन् । पहिले भने दैनिक बढिमा एक सय ५० यात्रुहरु नेपाल जाने गरेको उहाँको भनाइ छ ।

विभिन्न पेशा व्यवसाय गरेर दिल्लीमा बस्दै आएका नेपालीहरु भोट हाल्नको स(परिवार नेपाल जान थालेपछि दिल्ली यातायात व्यवसायीलाई नेपालीलाई आरामदायी र सुरक्षित सिट मिलाइदिन भ्याइनभ्याइ भएको छ । कतिपय त बसको सिट नपाएर उभिएर जाने गरेको व्यावसायीहरु वताउँछन् । आइतबार ४५ सिटका ७ बटा बस भरिएपछि ४ जना वुटवल जाने नेपाली बसको सिट नपाएर उभिएरै गएको यातायात व्यावसायी सरोज लम्सालले वताउनुभयो ।

मतदान गर्नको लागि भारतका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरु सडक मार्ग हुँदै नेपालका सुनौली कृष्णनगर, रुपेडिया, लुम्वीनी लगाएतका नाकामार्फत नेपाल छिर्ने गर्छन् । सिमा नाकामा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गराइ स्वदेश छिरेको यात्रुहरु वताउँछन् । शनीबार दिल्लीबाट लुम्वीनी नाका हुँदै काठमाडौ गएका विनोद शर्माले सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा चेकजाँच गराइ नेपाल प्रवेश गरेको बताउनुभयो ।

चुनावको मिति नजिकीदै जाँदा उमेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् भने मतदाता पनि मतदान गर्न आ आफ्नो पालिका फर्कदै छन् । सरकारले भारत तथा चिन संगको नाका खुला गरेपछि यात्रुहरुलाई नेपाल प्रवेश गर्न सहज भएको छ । चीन र भारतसँग जोडिएका नेपालका ४२ जिल्लाका सीमा नाका खुल्ला भएकोले सडक मार्गबाट यात्रा गर्नेलाई त सुविधा भएको छ तर सिमामा आवागमनको व्यवस्पनन गर्न भने चुनौती हुने गरेको सिमाका प्रशासन कार्यालयहरुले जनाएका छन् ।

यसैविच सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । गुह मन्त्रालयले सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको जनाएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको जनाइएको छ । सिमानाका बन्द हुनु अघि नै नेपाल छिरीसक्नुपर्ने भएकोले भिड बढेको हो ।

कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले गत माघ देखि खुला गरेको थियो । कोरोनाको समयमा यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय गरेको थियो । भारततर्फका धेरै नाका खुलको कारण पनि भारतमा रहेका धेरै नेपालीहरु सजिलै ओहोरदोहोर गर्न पाएका छन् ।

भारतसँग नेपालको प्रदेश ६ बाहेक सबै ठाउँ भारतसँग जोडिएको छ । करिब १ हजार ८ सय ८० किमि लामो खुला सिमाना नेपाल भारतको सिमा नका मध्ये अहिले तराईरमधेसका १० नाकाबाट नेपाली नागरिकहरु आवतजावत गर्ने गरेका छन् । त्यस्तै भारतीयसहित विदेशी नागरिकहरु भने स्थानीय प्रशासनको अनुमतिमा प्रवेशगर्ने गरेका छन् ।