neapl investment mega bank
  • गृहपृष्ठ
  • भोलिराति देखि मौन अवधि शुरु, यी काम गर्न पाइदैन

भोलिराति देखि मौन अवधि शुरु, यी काम गर्न पाइदैन

May 9th, 2022

आधारभूमि संवाददता

काठमाडौं २६ बैशाख

निर्वाचन आयोगले भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँने जनाएको छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने निर्वाचनको लागि लागू गरिएको मौन अवधिको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ ।

आयोगले मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्षरविपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ । सामाजिक सञ्जालको प्रायोग गरी पक्ष वा विपक्षमा प्रचार गर्न तथा भ्रामक सूचना प्रवाह गर्न पनि पाइने छैन ।