neapl investment mega bank

तोलामा १४०० ले बढ्यो सुनको मूल्य

May 5th, 2022

काठमाडौं,२२ बैशाख

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९७ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १४०० ले बढेर ९८ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १४०० ले बढेर ९८ हजार १०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३०५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बुधबार चाँदी रु एक हजार २९० मा कारोवार भएको थियो ।