neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थानीय निर्वाचनमा १ लाख ४५ हजार उमेदवार

स्थानीय निर्वाचनमा १ लाख ४५ हजार उमेदवार

May 4th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, २१ वैशाख

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा कूल १ लाख ४५ हजार उमेदवार रहेको जनाएको छ । उम्मेदवारको सूची सार्वजनिक गर्दै आयोगले ३० वैशाखमा हुने चुनावको लागि मनोदनय दर्ता गराएकाहरुको उजुरी छानविन पछि सो संख्या कायम भएको जनाएको छ ।

पार्टीको निर्देशन पछि झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । आयेगले कानून अनुसार नपरेका उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोगले २० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरेको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ ।

केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्याजस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ ।