neapl investment mega bank
  • गृहपृष्ठ
  • राखेपका पुर्व सदस्य एमालेमा प्रवेश,पार्टी अध्यक्षले गरे स्वागत

राखेपका पुर्व सदस्य एमालेमा प्रवेश,पार्टी अध्यक्षले गरे स्वागत

May 3rd, 2022

ललितपुर, बैशाख १९
ललितपुर महानगरपालिका वडानम्बर १८ का युवा नेता एमालेमा प्रवेश गर्नुभएको हो । नेपाली काग्रेस तरुण दलका पुर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गर्नुभएको छ ।

ललितपुर महानगरपालिका–१८ निवासी खड्का दशक लामो खेलकुदमा आबद्ध हुनुभएको थियो ।राष्ट्रिय खेलकुल परिषद्का पुर्व सदस्य रहनुभएका खड्का ताइक्वान्डोको मार्शल आर्ट हुनुहुन्छ । नेपाल मार्शल आर्ट्स महसंघका पुर्वअध्यक्ष, भैसेपाटीको ओम ताइक्वान्दो डोजाङका संस्थापक अध्यक्ष रहनुभएका उहा ६ डान हुनुहुन्छ ।

उहालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराउनुभएको थियो । ललितपुरको राजनीतिमा ख्याति कमाउनु भएका नेता पार्टीको महाअधिवेबन प्रतिनिधि, ०५८ देखि ०६२/०६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालिन सैबुगाउँ कमिटि तरुणदलको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

पार्टीमा प्रवेश गराउदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेद्दारलाई विजयी गराउन लाग्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो–तपाईलाई पार्टीले उचित जिम्मेवारी दिनेछ । अहिलेको अवस्थामा तपाईको भुमिका महत्वपुर्ण रहनेछ ।

उहाले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेको बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा एमाले पोटिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल, पार्टी केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य वावुराम थापा, प्रदेश सांसद एवं पुर्व प्रदेशमन्त्री जीवन खड्का एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको उपस्थिति रहेको थियो । खड्का एमाले प्रवेश गर्नु अघि जिल्लाका उच्च नेतृत्वसंग छलफल गर्नुभएको थियो ।