neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थानीय निर्वाचनमा ३५३ निर्विरोध निर्वाचित

स्थानीय निर्वाचनमा ३५३ निर्विरोध निर्वाचित

May 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौ १९ बैशाख

स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मलेन गर्दै देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचितभएको जानकारी दिएको हो

यस्तै ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।

यस्तै ३५३ जना उम्मेदार निर्विरोध भएका छन् । निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेको अर्यालले जनाए।​