आधारभूमि संवाददाता
काठमाडौ १९ बैशाख
स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले मेयर,उपमेयर,गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितका जनप्रतिनिधिहरुले निर्वाचनमा गर्न पाउने खर्चको सीमा तोकेको हो ।
जस अनुसार अनुसार,महानगरपालिकाको मेयर वा उपमेयरका उम्मेद्धारले सात लाख ५० हजार,महानगरका वडा अध्यक्ष र सदस्यहरुले तीनलाख,उपमहानगरपालिकाको मेयर वा उपमेयरका उम्मेद्धारले ५ लाख ५० हजार,उपमहानगरपालिकाभित्रका वडा अध्यक्ष र सदस्यका उम्मेद्धारहरुले २ लाख ५० हजार,नगरपालिकाका मेयर वा उपमेयरका उम्मेद्धारका लागि ४ लाख ५० हजारसम्म खर्च गर्न पाउने बताइएको छ भने नगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेद्धारहरुले २ लाखसम्म खर्च गर्न पाउनेछन् ।
यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्धारका लागि ३ लाख ५० हजार र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेद्धारले १ लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन् । यस्तै जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखका उम्मेद्धारले ५० हजारसम्म खर्च गर्न सक्नेछन् । आयोगले तोकेको खर्चको सीमा अनुसार कम्तिमा २५ हजारदेखी बढीमा ७ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।
