neapl investment mega bank
  • गृहपृष्ठ
  • आइजीपी नियुक्ति विरुद्ध अदालतमा पोखरेल

आइजीपी नियुक्ति विरुद्ध अदालतमा पोखरेल

May 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौ १९ बैशाख

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक -एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका हुन् ।

एआईजी धिरजप्रताप सिंह भन्दा वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै एआईजी पोखरेलले आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् ।

आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो ।