काठमाडौ १७ बैशाख
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका छन्।
अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि उनले जनाए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपराह्न ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । प्रवक्ता पौडेललेका अनुसार उम्मेदवारी फिर्ता लिनेको सङ्ख्या करिब ८ हजार छ ।
एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ ।
आज चुनाव चिन्ह प्रदान हुन्छ ।’ हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते हुँदैछ ।