neapl investment mega bank
  • गृहपृष्ठ
  • युवा दीपेन्द्र केसीले ल्याए बिकासको खाका

युवा दीपेन्द्र केसीले ल्याए बिकासको खाका

Apr 29th, 2022

आधारभुमी संबाददाता
भक्तपुर, १६ बैशाख
सुर्यबिनायक नगरपालिका वडा नं-३ बाट समाजसेवी दीपेन्द्र केसी नेपाली कांग्रेस बाट वडा अध्यक्षमा मनोनयन दर्ता गरि घर दैलो कार्यक्रम मा ब्यस्त रहेका छन् । समाजसेवी तथा प्रशासनिक अनुभव प्राप्त केसीलाई सुर्यबिनायक नगरबासीले सधै समाजको सेवामा समर्पित युवाको रुपमा चिन्छन । समाजमा रहेको समस्यामा सधै अग्रसरता देखाउने केसी वडाको सामाजिक गतिबिधीमा अग्रसर हुँदै समस्या लाई समाधान गर्ने उपायहरु अबलम्बन गर्छन् ।

अहिलेका वडा अध्यक्ष शिवशरण केसीको कार्यकालमा पनि बिकासका मोडल तयार पार्ने काममा अग्रणी भूमिका खेलेको वडाध्यक्ष शिवशरण केसीले बताए । उनको अनुभव र खटाईलाई बृद्ब बुबा-आमा , युवा दाजु-भाई तथा महिला दीदी-बहिनीहरुले असाध्यै रुचाएका छन् ।उनले जीत पछीको ५ बर्षे कार्यकालको एजेन्डा समेत तयार पारेका छन् । उनको प्रमुख एजेन्डा भनेको वडामा सुशासन हो । शिक्षा र स्वास्थ्यमा सबै वडाबासीको पहुँच पुर्याउने उनको लक्ष छ । उनले भने , सबैले शिक्षा र स्वास्थ्यको पहुँच सजिलै पाउनु जनताको अधिकार हो । म यो क्षेत्र मा दत्त चित्त भएर लाग्ने छु । त्यसपछी उनको एजेन्डा छ स्वच्छ खानेपानी । दिनको कम्तिमा १ हजार लिटर पानी प्रत्येक घरलाई बितरण गर्ने लक्ष लिएका छन् । त्यस पछी हिलो रहित बाटो उनको अर्को लक्ष हो । गोरेटो बाटोलाई चौडा बनाउने र चौडा बाटो लाई ब्यबस्थित गर्ने , बाटोहरुमा कम्तिमा ग्राईभेल गर्ने , ढुंगा छाप्ने, ढलान गर्ने , पीच गर्ने लक्ष लिएका छन । ढलको पहुँच सबै वडाबासीको घरमा पुर्याउने ।यि र यस्ता काम बाहेक समाजमा परेको समस्याहरु निवेदन परेमा तत्काल कार्यान्वयन गर्ने लक्ष लिए का छन् ।

वडामा गर्ने बिकास निर्माणका काममा आबस्यकता अनुसार संबन्धित ठाउको सबै जनताको उपस्थितिमा उपभोक्ता समिति गठन गरि कामको जीम्मा दिने लक्ष लिए का छन । कामको जिम्मेवारी स्थानियलाई नै दिने र भ्रष्टाचार रहित कामको सुरुवात गर्ने केसीले बताए ।

केसीले भने, म वडा अध्यक्ष भए पनि यो वडाको सम्पूर्ण बिकास निर्माणको काम गर्न सबै जनता लाई उत्तिकै हैसियत प्रदान गर्ने छु ।