आधारभूमि संवाददाता
काठमाडौं १५ बैशाख
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत कायम रहने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले बिहीबार पत्रकार सम्मेलनमार्फत सावैजानिक गरेको प्रक्षेपण अनुमान अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
चालू आर्थिक वर्षको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा विभागले प्रक्षेपण गरेको जनाएको छ ।
प्रक्षेपणअनुसार जिडिपिको वृद्धिदर आव २०७७र०७८ मा ३.८३ प्रतिशत हुने संशोधित अनुमान र आव २०७६ ०७७ मा २.४२ प्रतिशतले ऋणात्मक रहेको अन्तिम अनुमान रहेको विभागले जनाएको छ ।
त्यस्तै उद्योगको १०.३ प्रतिशत, सेवा क्षेत्रको ५.९ प्रतिशत र कृषि र खानीसहित प्राथमिक क्षेत्रको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने विभागले अनुमान गरेको छ ।