आधारभूमि संवाददाता
काठमाडौ १४ बैशाख
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा आफूसँग असहमत भएकाहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएको वताएका छन् ।
बुधवार प्रेस विज्ञप्ति मार्फत डा. कोइरालाले कयौं नेता कार्यकर्तालाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेक जालझेल मुद्दामा फसाएर राजनीतिक हत्या गर्ने षडयन्त्र भएको समेत आरोप लगाएका छन् ।
उनले पार्टीभित्र रहेका यस्ता गलत कार्यहरूको तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्,’ उनले भनेका छन्,‘पार्टीभित्र रहेका यस्ता गलत कार्यहरू तत्काल अन्त्य हुनुपर्छ ।’
हेनुस् विज्ञप्ती
