आधारभूमि संवाददाता
ललितपुर ३ बैसाख
आसन्न स्थानीय निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारको टिकट हात पार्नको लागि यतिबेला देशव्यापी दौडधुपमा छन् । २०७४ मा जितेका जनप्रतिनिधिहरु फेरि पनि विभिन्न एजेन्डा देखाएर पुन टिकटको दावेदारी गरिरहेका छन्।
पाँच वर्षअघि वडाध्यक्ष निर्वाचित भएका दर्शन कुमार विष्टले फरि उमेदवार दिन वताएका छन् । २०७४ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट ललितपुरको गोदावरी नगरपालिका १० को वडाध्यक्ष बनेका दर्शन कुमार विष्टले आहिले पनि वडा अध्यक्षको दावी गरेका छन् ।
आफूले आफ्नो कार्यकालमा निर्विवाद रुपमा विकास निर्माण र जनताको पक्षमा काम गरेको दावी गर्दै उनले शिक्षा,स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा पनि प्रतिबद्धता गरेअनुरुप ९० प्रतिशत काम सम्पन्न गरेको जनाएका छन् । २०५४ सालमा साविक चापागाउँ ६ को अध्यक्ष समेत भएका विष्ट लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन्।
विष्टका अनुसार उनको कार्यकालमा चापागाउँ न्यौपानेगाउँमा नेपाल सरकार सिडिसी र सांग्रिला अर्फानेज होम को सहयोगमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ भने उदयखर्क माध्यमिक विद्यालयमा जाईका नेपाल को सहयोगमा नयाँ भवन र शौचालय निर्माण सम्पन्न भएको छ। यस्तै आफ्नै वडा कार्यालय भवन निर्माण समेत सम्पन्न भएको छ। प्रदेश सरकारको सहयोगमा टाहाखेलमा मिनी रंगशाला निर्माणको काम भईरहेको छ। उनका छन। ९० प्रतिशत जनताको घरमा पानीको धारा जडान भईसकेका छन्।
वडामा एक उत्कृष्ठ स्वास्थ्य चौकी भवन निर्माण भई सेवा सुचारु भएको दावस् गर्दै उनले ४ तल्लाको आफ्नै वडा कार्यालय भवन निर्माणको क्रममा रहेको वताए । उनले राधा सर्वेश्वर मन्दिर निर्माण गरिएको वताउँदै पर्यटकीय विकासको लागि जिल्लाकै उत्कृष्ठ पर्यटकीय गन्तव्य हुने गरी प्रदेश सांसद चेतनाथ सञ्जेलको पहल तथा प्रदेश सरकारको सहयोगमा भांगावन पर्यटकीय क्षेत्रको योजना द्रुत गतिमा अगाडी बढेको जानकारी दिए।
उक्त स्थानमा हनुमानको मुर्ति प्रतिस्थापन गर्ने उद्देश्यका साथ् टाहाखेलबाट माथिसम्म १४२८ सिढी निर्माण गरिएको वताइएको छ । अबका दिनहरुमा थप जनमुखी काम गर्नका लागि उद्योग क्षेत्रको विकास गर्दै जनतालाई थप गरीखाने वातावरण, रोजगारीको विकास,जीविकोपार्जनका कार्यक्रम, कृषि, पशुपालनको कार्यक्रमलाई प्रोत्साहन लगायतका कार्यमा अगाडी बढ्नुपर्ने र अब पुन आफू निर्वाचित हुने अवसर पाए यस्ता कार्यक्रमहरु अगाडी बढाउने उनको प्रतिबद्धता छ।
यसैगरी प्रदेश सरकारकै सहयोगमा वडाभित्र विभिन्न मुख्य तथा शाखा सडक निर्माण तथा स्तरोन्नतिको काम भएका छन्। जसमा टाहाखेल वागेश्वरी क्लव देखि सडक कालोपत्रे तथा सडकपेटी,वागेश्वरी क्लव देखि लेले भन्ज्याङ सम्म सडक ढलान , वाल तथा ड्रेन,न्यौपानेगाउँ सडक ढलान चुनदेवी टोल सुधार समितिको सक्रियतामा सडक ढलान , ह्युमपाईप,सार्वजनिक जग्गा संरक्षणजस्ता काम भएका छन्।
वडाध्यक्षका लागि नेकपा एमालेको तर्फबाट विष्ट र पार्टी वडा कमिटिको अध्यक्ष प्रकाश केसीको नाम सिफारिस भएको अवस्थामा अनुभवी जनप्रतिनिधिले नै जनताको दुख र भावना बुझेर काम गर्नसक्ने सुझाव आएको उनले बताए। २०७२ को महाभुकम्पको बिपत्तिमा पनि राहत, निर्माण ,पुननिर्माण कार्यमा खटिएको वताउँदै उनले पाँच वर्षे कार्यकालमा निर्माणाधीन अधुरो योजनाहरु पूरा गर्न पनि अन्तिम पटक अवसर पाउनु पर्नेमा जोड दिए ।