neapl investment mega bank
  • गृहपृष्ठ
  • यी हुन् २० देशका लगि सरकारले सिफारिस गरेका राजदूत

यी हुन् २० देशका लगि सरकारले सिफारिस गरेका राजदूत

Apr 8th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २५ चैत

सरकारले विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ। लामो समयदेखि रिक्त रहेका २० देशमा सरकारले आज राजदूत सिफारिस गरेको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवा र अरू विभिन्न क्षेत्रबाट राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

परराष्ट्र सेवाबाट ८ जना र अन्य राजनीतिक कोटाबाट सिफारिस गरिएको हो । नवराज सुवेदी, डा. रामसुरज राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर शर्मिला पराजुली ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ राजनीतिक दलबाट सिफारिस भएका छन् ।

निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो। मन्त्रीपरिषद्ले राजदूत सिफारिस गरेकाहरुको नियुक्ति प्रक्रिया संसदीय सुनुवाइपछि अघि बढ्छ ।

सरकारले कूटनैतिक पृष्टभूमिबाट परराष्ट्र मन्त्रालयको उच्च तहका ८ सहसचिवलाई राजदूतमा सिफारिस गरेको छ । दक्षिण एसिया महाशाखाका प्रमुख तीर्थराज वाग्ले लाई सरकारले राजदूतमा सिफारिस गरेको छ ।

त्यस्तै राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल ओमानका लागि राजदूतमा सिफारिस हुनुभएको छ। दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूतमा सिफारिस हुनुभएको छ । सुवेदी परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको जिम्मेवारीमा रहनुभएको छ ।

बंगलादेशका लागि घनश्याम भण्डारी राजदूतमा सिफारिस हुनभएको छ । उहाँ परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख हुनुहुन्छ। इजिप्टका लागि राजदूतमा सिफारिस भएका सुशीलकुमार लम्साल दक्षिण पूर्वी एसिया तथा प्रशान्त महाशाखा प्रमुखमा कार्यरत हुनुहुन्छ।

यसैगरी नीति योजना, विकास कूटनीति तथा विदेशमा बस्ने नेपालीसम्बन्धी महाशाखाका प्रमुखमा कार्यरत भरतकुमार रेग्मीलाई अस्ट्रियाको भियनास्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा सिफारिस गरिएको छ ।

निर्मलराज काफ्ले ब्राजिलका लागि राजदूतमा सिफारिस हुनुभएको छ । काफ्ले हाल युरोप, अमेरिका महाशाखाका प्रमुख हुनुहुन्छ । यसैगरी मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख हरिश्चन्द्र घिमिरे राजदूत सिफारिस हुनुभएको छ ।

यी हुन २० देशका लागि सिफारिस भएका राजदूत

कूटनीतितर्फ

१. तीर्थराज वाग्ले

२.घनश्याम भण्डारी– बंगलादेश

३. सुशीलकुमार लम्साल– इजिप्ट

४. भरतकुमार रेग्मी– भियना, राष्ट्रसंघीय स्थायी नियोग

५. निर्मलराज काफ्ले– ब्राजिल

६. दुर्गाबहादुर सुवेदी– जापान

७. हरिश्चन्द्र घिमिरे

८.डोरनाथ अर्याल– ओमन

राजनीतितर्फ

१.विष्णुपुकार श्रेष्ठ– चीन

२. दानबहादुर तामाङ– दक्षिण अफ्रिका

३.शर्मिला पराजुली ढकाल– स्पेन

४. वासुदेव मिश्र– श्रीलंका

५. मिलन तुलाधर– रूस

६. कैलाश पोखरेल– अस्ट्रेलिया

७. डिल्लीराज पौडेल– मलेसिया

८. कान्ता रिजाल– इजरायल

९.ज्योति प्याकुरेल– दक्षिण कोरिया

१०. रामसुरज राय यादव– डेनमार्क

११.नवराज सुवेदी– साउदी अरब

१२. नरेशविक्रम ढकाल– कतार