आधारभूमि संवाददाता
ललितपुर २३चैत
ललितपुर महानगरको प्रमुखमा नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारले उमेदवारी दिने भएका छन् । गत २०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय मतको अन्तरले पराजित भएका व्यञ्जनकार यस पल्टको निर्वाचनमा जित्ने विश्वासका साथ मेयरमा उमेदवारी दिन लागेको वताए ।
महानगरभित्र बेथिति मौलाउदै गएकाले यस बर्ष कुनै पनि हालतमा आफूले जितेर ललितपुरलाई शिक्षा स्वास्थ्य खानेपानी पूर्वाधार विकास लगाएतका क्षेत्रमा उदाहरणीय काम गर्ने दावी गरे । आफूले ललितपुरको मुहार नै फेरिने गरी जनताको हितका कार्यक्रम ल्याउने वताउदै उनले पार्टीले टिकट दिएपछि आफ्ना थप एजेण्डा प्रश्ट पार्ने उल्लेख गरे ।
केही दिन अघि ४ हजारको संख्यामा युवाहरु एमालेमा प्रवेश गरेका थिए । जसको कारण उनी जितको नजिक रहेको आंकलन गर्दै त्यहााँका स्थानीयले अघिल्लो पटक नै जित्नुपर्ने क्षमता भएका व्यञ्जनकारलाई यसपटक जिताउन सके ललितपुरको विकासमा टेवा पुग्ने वताएका छन् ।