काठमाडौं, २३ चैत
सेञ्चुरी कमर्सियल बैंकले नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक गरेको छे ।बैंकका अध्यक्ष श्री राजेशकुमार श्रेष्ठज्यूले एक कार्यक्रमकावीच “सेञ्चुरी क्यालेण्डर( २०७९” सार्वजनिक गर्नुभएको हो । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंंिकङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध छ ।