neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपाका प्रवक्ता लावतीले आगामी स्थानीय निर्वाचनमा आम मतदाताले परिवर्तनको पक्षमा मतदान गर्ने दावी

राप्रपाका प्रवक्ता लावतीले आगामी स्थानीय निर्वाचनमा आम मतदाताले परिवर्तनको पक्षमा मतदान गर्ने दावी

Apr 5th, 2022

पाँचथर , २२ चैत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले आगामी स्थानीय निर्वाचनमा आम मतदाताले परिवर्तनको पक्षमा मतदान गर्ने दावी गरेका छन् ।

‘मतदाताको प्राथमिकता र मतदान गर्ने शैलीमा यस पटक परिवर्तन आउने छ । भ्रष्टाचार, बेथीति र फोस्रो नाराबाट आजित जनताले विकल्प चाहेका छन् । यसकारण विगतको मतदाता मनोविज्ञानलाई मात्र आधार मान्नु गल्ती हुने छ,’ प्रवक्ता लावतीले भने ।

राप्रपा नेता लावतीले सबै स्थानीय तहमा राप्रपाले उम्मेद्वारी दिने बताए । यसै अनुरुप देशव्यापी तयारी जारी रहेको उनको भनाइ थियो ।

मिक्लाजुङ–२ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लावतीले यो विचार राखेका हुन् ।

राप्रपा भ्रष्टाचारमुक्त प्रशासन, सामाजिक विकास, रोजागर सिर्जना र आय आर्जनको पक्षमा उभिने उनले बताए ।