neapl investment mega bank
  • गृहपृष्ठ
  • जर्मनीद्वारा युक्रेनलाई मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल प्रदान गर्न अस्वीकार

जर्मनीद्वारा युक्रेनलाई मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल प्रदान गर्न अस्वीकार

Apr 4th, 2022

बर्लिन (जर्मनी), २१ चैत, /रासस/एएनआई/स्पुतनिक

बर्लिनले युक्रेनलाई १०० मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल उपलब्ध गराउने कीभको अनुरोधलाई अस्वीकार गरेको जर्मन मिडिया वेल्टले आइतबार रक्षा स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

गत बुधबार युक्रेनी रक्षा मन्त्री ओलेक्सी रेज्निकोभले जर्मन रक्षा मन्त्रालयलाई १०० मार्डर-प्रकारको सवारी साधन र अन्य भारी हतियारहरूको लागि पत्र पठाएको थियो। कीभका स्रोतहरूले वेल्टलाई जनाएअनुसार जर्मन रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचले रेज्निकोभसँगको फोन वार्तामा उक्त अनुरोध अस्वीकार गरेका हुन्।

यसअघि जर्मन रक्षा मन्त्रालयले वेल्टलाई कीभको अनुरोध प्राप्त भएको पुष्टि गर्दै ती सवारी साधनहरू नाटो प्रतिबद्धताहरूमा सम्लग्न छन् ।