neapl investment mega bank

तोलामा ६०० ले घट्यो सुनको मूल्य

Apr 4th, 2022

काठमाडौ, २१ चैत
आज पनि सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९९ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ६०० ले घटेर ९८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ६०० ले घटेर ९८ हजार २०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९८ हजार ८०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार ३५० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि आइतबार चाँदी रु एक हजार ३६० मा कारोवार भएको थियो ।