अधारभूमि संवाददाता
काठमाडौं १७ चैत
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गर्ने भएका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको हो । त्यस्तै, निर्वाचन तालमेल गर्दा महानगर र उपमहानगरको उम्मेदवारबारे केन्द्रबाटै गर्ने निर्णय पनि बैठकले गरेको छ ।
महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाट गर्ने, तर तल्ला निकायहरुको सन्दर्भमा तलकै निकायबाट तालमेल गर्ने निर्णय भएको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिका प्रमुखहरुको संयन्त्र बन्ने र यस संयन्त्रले चैत २२ भित्र प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ, भन्नेबारे केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेश गर्ने छ ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि आगामी स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय भएको े जानकारी दिए।
निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले वताए । पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि परिपत्र जारी गर्ने सहमति भएको यनले वताए।