neapl investment mega bank
  • गृहपृष्ठ
  • परराष्ट्रमन्त्री खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त

परराष्ट्रमन्त्री खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त

Mar 29th, 2022

काठमाडौं, १५ चैत /रासस

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८ औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का आज बिहानैदेखि द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुभएको छ ।

आज बिहान उहाँले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो भने अपराह्न बङ्गलादेश र थाइल्याण्डका विदेशमन्त्रीलाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काले थाइल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री दोन प्रमुदिनाइ र बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमनसँगको भेटमा व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनबारे छलफल गर्नुभएको थियो ।

यसैबीच, मन्त्री खड्काले मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिनुभयो । सङ्गठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरुप नवीन मार्गहरू पहिल्याउनुपर्ने उहाँले बताउनुभयो ।