neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका ७ को वडा अध्यक्षमा वाग्ले सहित ४ जना आकांक्षी

महालक्ष्मी नगरपालिका ७ को वडा अध्यक्षमा वाग्ले सहित ४ जना आकांक्षी

Mar 29th, 2022

आधारभूमि संवाददाता

ललितपुर १५ चैत

स्थानीय चुनाव नजिकीदै जाँदा विभिन्न नगरपालिका, गाउँपालिका तथा वडाहरुबाट प्रमुख पदमा दावेदारी गर्नेहरुको चर्चा चल्न थालेको छ । विभिन्न पार्टीका नेता तथा कार्यकर्ता तथा युवा प्रतिनिधिहरुले स्थानीय निकायमा प्रवेस गरी ति निकायका बागडोर सम्हाल्ने आकांक्षा देखाएका छन् ।

यसैक्रममा महालक्ष्मी नगरपालिकाको वडा नं ७ वडा अध्यक्ष पदको लागि नेकपा एमालेबाट मात्र ४ जनाको चर्चा चलेको छ । समाजसेवी तथा मिडिया उद्यमि वलराम वाग्लेले वडा अध्यक्षको लागि उमेदवारी दिने वताएका छन् । वाग्लले वडा नं ७ को शिक्षा, स्वाथ्य, खानेपानीको सेवालाई गुणस्तरिय र प्रभावकारी वनाउन निरन्तर पहल र खवरदारी गर्दै आएको वताउँदै जनताको आवस्यकता नजिकबाट बुभेकोले निर्णायक तहमै संलग्न रहेर जनहितमा आधारित विकासका नीति योजना तथा कार्यक्रम ल्याउन अफूले उमेदवारी दिन लागेको जानकारी दिए । साथै उनले आफू विजयी भएपछि खानेपानीको व्यवस्थापन, पवित्र धार्मिक नदी गोदावरी र ढुंग्री खोला करिडोरका विकासलाइ पहिलो प्राथमिकतामा राख्ने वताएका छन् ।

उनले २०५६ देखि वडाका महिलालाई संगठित गर्दै महिलाको सशक्तिकरणका विभिन्न कार्यक्रम ल्याएको वताए । वाग्लेले उदय विनायक खानेपानी उपभोक्ता समितिको सचिवका रुपमा काठमाडौं तालिम केन्द्रको सहकार्यमा ६ वटा धारामा फिल्टर प्लान्ट स्थापना गरी वडा नं ९ का बासिन्दाको खानेपानीको व्यवस्था मिलाएको स्थानीयबासी वताउँछन् । टिकाथली वडा नं ३ र चंगाथली वडा नं मा पनि खानेपानी योजना मिलाएदिएका कारण स्थानीयबासीकै आग्रहमा वडा अध्यक्ष मा दावेदारी गरेको उनले वताए ।

यसैगरी सो वडाको अध्यक्षको लागि सुजित वस्नेत, जगदिश्वर कार्की तथा नारायण थापाले पनि उमेदवारी दिन लागेको वताइएको छ । वस्नेत महालक्ष्मी नगरपालिका राष्ट्रिय युवा संघ अध्यक्ष एबम चाङ्गाथली टोल बिकास समितीका सचिब हुन् । उनी नेकपा एमालेबाट वडाका विभिन्न विकासका गतिविधिमा संलग्न रहदै आएका छन् ।