neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगर प्रमुखमा रिजालको चर्चा

महालक्ष्मी नगर प्रमुखमा रिजालको चर्चा

Mar 28th, 2022

अहिले देशमा चुनावी माहौल छ। राजनैतिक दलका कार्यकर्ताहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा सदस्य, वडा अध्यक्ष, लगायत मेयर र उप मेयर मा आफ्नो दाबी प्रस्तुत गर्ने क्रम जारी छ। कोहि आफुले आफ्नो नगरभित्र बिकास निर्माण कार्यदेखी सामाजिक कार्यमा जनता संग हातेमालो गर्दै आएकोले आफुलाइ नगर भित्रका मतदाताहरुले उम्मेदवारी दिन दवाव दिएको भन्दैछन् त कोहि सामाजिक र राजनीतिक क्षेत्रमा बिगत देखि नै सक्रिय रहेकोले आफ्नो दाबी स्वाभाविक रहेको सुनाउँछन्।
यस्तैमा गतसाता महालक्ष्मी नगर प्रमुख को उम्मेदवारमा एकाएक टिकाथलीका गंगा राम रिजालको चर्चा चल्यो। सामाजिक संजाल फेसबुक मार्फत् उनले महालक्ष्मी नगर प्रमुखमा उम्मेदवारी दिनुपर्छ कि क्या हो ? भन्ने स्टाटस् मा धेरैले उनलाई अग्रिम बधाई र शुभकामना दिन भ्याए। यसै बारेमा थप स्पष्ट हुनको लागि उनलाई सम्पर्क गर्दा आफू मेयरको उम्मेदवारीको लागि तयारी नगरेको रिजालले बताए।
विभिन्न तर्क र कारण दिएर आफुलाई योग्य र सक्षम उम्मेदवार भन्दै दावी प्रस्तुत गरिरहेका परिपक्व ब्यक्तिदेखि भर्खरै राजनीतिमा सक्रिय भएका युवा पुस्ताले समेत मेयरको दाबी गरिरहँदा आफुलाई पनि साथीहरूले ”’तिम्रो चैं के छ नि बिचार ?” भनी जिज्ञासा राखेको हुँदा ” मैं पनि मेयर मा उम्मेदवारी दिउँ कि क्या हो ?” भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत् साथीहरूलाई रमाइलो प्रतिप्रश्न गरेको उनले बताए।
साथै आफु राष्ट्रिय स्तरमै नीति निर्माण बनाउँदै त्यसलाई कार्यान्वयनमा लैजाने थलो संसदमा रहेर योगदान दिन इच्छुक रहेको हुँदा स्थानीय तहको निर्वाचन पश्चात् लगत्तै हुने बागमती प्रदेशको निर्वाचनमा प्रदेश सांसद को उम्मेदवार हुनसक्ने कुरा रिजालले जानकारी गराए।