neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सांसद प्रदीप यादवमाथिको कारवाही फुकुवा

सांसद प्रदीप यादवमाथिको कारवाही फुकुवा

Mar 27th, 2022

वीरगंज, १३ चैत /रासस

जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ । जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो ।

जसपा केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पर्सा जिल्लाबाट प्रतिनिधिसभामा सांसद समेत रहेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो ।

सत्ता गठबन्धनमा उनलाई मन्त्री नबनाएपछि उनले विरोध जनाएका थिए ।

यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi