neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ज्येष्ठ नागरिकको अनुभव अनुशरण गर्नुपर्ने

ज्येष्ठ नागरिकको अनुभव अनुशरण गर्नुपर्ने

Mar 26th, 2022

गण्डकी, १२ चैत /रासस

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले ज्येष्ठ नागरिकको अनुभवलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे« गाउँपालिका–६ भेडावारीस्थित बराह माविमा शुक्रबार आयोजित ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रममा उहाँले समाजलाई सुसंस्कृत र व्यवस्थित बनाउन अग्रजको अनुभव मार्गदर्शन बन्ने विश्वास व्यक्त गर्नुभयो । सभ्य समाज निर्माणमा अग्रजको अनुतलनीय योगदान रहेको चर्चा गर्दै मन्त्री बरालले राज्यका गहनाका रुपमा रहेका ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्दै माया र ममताका साथ घरमै संरक्षण गरेर राख्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

पोखरा वृद्धाश्रमको आयोजना एवं प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा विद्यालयका दश जोड दुईका ३७ विद्यार्थी र १५ ज्येष्ठ नागरिक बीच अनुभव आदानप्रदान गरिएको आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा डा निल शर्माले ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षा र दिनचर्याबारे, वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकलाई आयआर्जनमा जोडन सकिनेबारे र विश्व हिन्दू महासङ्घका सल्लाहकार शालिकराम सापकोटाले परम्परागत संस्कृतिको जगेर्नामा युवा पुस्ताको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत गोविन्द सापकोटा, प्रशिक्षक डा अनिल थापा, विद्यालयका प्राधानाध्यापक मीनराज अधिकारीलगायतले ज्येष्ठ नागरिकको ज्ञान सिपलाई पुस्तान्तरणमा राज्यकोे भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi