काठमाडौँ ९ चैत
यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।
यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको विभागले जनाएको छ ।
विभागका प्रवक्ता डा। लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए । विभागको सर्भरमा पटपटक समस्या आउने गरैको छ । जसको कारण अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा सेवाग्राहीले समस्या भेल्नुपरेको छ ।