काठमाडौँ, ८ चैत /रासस
-बिगतको तितो कुरा बिर्सन्छौ,त्रुटि सच्याउछौ
-धर्म परिबर्तनको डढेलोले सामाजिक सद्भाव भड्काउने चिन्ता
-भ्रष्टाचार र बेरोजगारी महारोग।
-काङ्ग्रेस र कम्युनिस्टको बिकल्प राप्रपा नेपाल।
-आर्थिक क्रान्तिको कसैको प्राथमिकतामा नपर्नु र राजनैतिक बिषयमा मात्र अल्झिनु बिडम्बना।
लोकतन्त्रको आबरणमा सर्बसत्ताबादको खतरा।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतका तिता कुरा बिर्सने र त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताएका छन् । आज जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल सङ्ग अत्यन्तै बलियो र जनताको भाबनाको सम्मान गर्ने बिचार भएको बताउदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको समेत बताए ।
धर्म परिबर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने तर्फ चिन्ता ब्यक्त गर्दै थापाले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे । राप्रपा नेपाललाई काङ्ग्रेस कम्युनिस्टको बिकल्पको रुपमा अघि बढाईने भन्दै थापाले आर्थिक क्रान्तिको बिषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाए । बैठकमा पार्टीका महामन्त्री त्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्बाचन तयारी र प्रशिक्षण ,सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो-आफ्नो प्रस्तुति दिएका थिए । बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एबं केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको थियो । बाँकी जिल्ला अध्यक्षहरुको बैठक चाढै नै गरिने राप्रपा सचिवालयले जनाएको छ ।