neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेबाट ४ जना आकांक्षी, चिरञ्जिवी आचार्यको बढि सम्भावना

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेबाट ४ जना आकांक्षी, चिरञ्जिवी आचार्यको बढि सम्भावना

Mar 22nd, 2022

आधारभूमि संवाददाता

ललितपुर ८ चैत

स्थानीय तहको निर्वाचन नजिकीदै छ । बैशाख ३० गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले बैशाख ११ र १२ गते उमेदवारीको दर्ता गर्ने समय तोकेको छ । अहिले विभिन्न राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । कतिपय जनप्रतिनिधिहरु सोही पदको लागि पुनः प्रतिस्पर्धा गर्ने तयारीमा छन् भने कतिपयले अहिले भएभन्दा माथिल्लो तहको पदको दावेदारी गरेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुखको लागि नेकपा एमालेबाट मात्र अहिलेसम्म ४ जना आकांक्षी देखिएका छन् । जसमध्ये मेयरको दावेदारीका रुपमा वागमती प्रदेश कमिटि क्षेत्र नं २ का इन्जार्ज चिरञ्जिवी आचार्यले पहिलो नम्वरमै पार्टीमा नाम दर्ता गराएका छन् । त्यस्तै दोस्रो नम्वरमा वर्तमान मेयर रामेश्वर श्रेष्ठले आकांक्षा देखाएका छन् । यसैगरी तेस्रो आकाँक्षी लुभु गाउँपालिकाका पूर्व गाविस अध्यक्ष हरी गोविन्द श्रोष्ठ रहेका छन् भने चौथोमा वडा नं ५ का अध्यक्ष राजकुमार सिलवालले इच्छा देखाएका छन् ।

प्रदेश कमिटि इन्चार्ज चिरञ्जिवि आचार्यलाई पार्टीका सदस्यहरु तथा सहकर्मीहरुले नै मेयरमा उठ्न सुझाव दिएकोले टिकट पाएमा जित्ने प्रवल सम्भावना रहेको उनले वताए । उनले भने, यस नगपालिकामा मेरो आवस्यकता त पहिलेको चुनावमा पनि थियो तर पहिले मैले नै ब्याक भएर अरु साथीहरुलाई अवसर दिएँ अव भने पार्टीले पनि मेयरमा मेरै आवस्यकता रहेको महसुस गरेको छ । उनले पार्टीले टिकट पनि दिने विश्वास व्यक्त गर्दै आफनो जित सुनिश्चित भएको दावी गरे ।

यसैगरी मेयरको जिम्मेवारी फेरि पनि सम्हाल्ने अठोटका साथ आकांक्षा देखाएका रामेश्वर श्रेष्ठले पहिलोका अधुरा योजना पूरा गर्नको लागि फेरि पनि मेयरमा आफ्नो दावी पेश गरेको वतए । जनताबाट पनि सकारात्मक सन्देश आएको पार्टीले पनि आफ्नो कामदेखि सन्तुष्ट भएकोले आफू पुनः मेयरको लागि योग्य भएको उनले वताए । पहिलो कार्यकालमा पूर्वाधार विकास तथा सडक तथा ढल निर्माण, खानेपानी आयोजना सम्पन्न गरेको दावी गर्दै उनले पार्टीले टिकट दिएमा फेरि जितेर बाँकी रहेका काम गर्ने वताए ।

यी आकाक्षीहरुलाई पार्टीले कसरी हेर्छ र उनीहरुले चुवावमा आफ्नो पकड कस्तो बनाउँछन् त्यो भने हेर्न बाँकी छ । यता जनताले पनि अहिले पदमा रहेका जनप्रतिनिधिका काम देखिसकेकोले नयाँ नेत्तृत्व खोजेको बुझिन्छ ।