काठमाडौँ, ७ चैत
स्थानिय चुनाबको सरगर्मि देशै भरी बढीरहेको बेला नुवाकोटको ककनी गा.पा.मा पनि चुनाबी माहोलले तिब्रता पाएको छ । केन्द्रिय नेता देखी जिल्ला तथा प्रदेशका नेताहरु धमाधम गाउँ छिर्न थालेका छन । जनताका ठोस एजेण्डा लिएर जनतासामु जान पर्नेमा त्यस्तो नभई एउटा पार्टिले अर्को पार्टिलाई खुइल्याउने र एउटाले अर्काको सत्तो सराप गाली गर्दे भाषण र सभाहरुमा रमाउन थालेका छन । यहि मेसोमा ककनी गाउँ पालिकाको अध्यक्षमा प्रतिष्पर्दी उम्मेदारहरुको होडवाजी चल्न थालेको छ । नेपाली काग्रेस बाट ६ जना उम्मेदवार मैदानमा भिडदै छन । गुट उपगुट बाट गाजिएको काग्रेसमा टिकटको लागी आफ आफनो प्यानलमा लबिङ्ग शुरु भइसकेको जानकारहरु बताउछन ।
प्रतिष्पर्दीहरुमा,ऋषि कुमार तामाङ्ग, भाग्यश्री लामा ,श्रीराम ढुङ्गाना, बिष्णु गुरुङ्ग ,दिपेश लामा राजन नेगी लगायत आंकाक्षि रहेकोे बुझिन्छ ।
ऋषि कुमार तामाङ्ग पेशाले पर्यटन ब्यवसायि हुन बिगत लामो समय देखी पर्यटन क्षेत्रमा सक्रिय तामाङ्ग समाज सेवा र राजनितीमा उत्तिकै सक्रिय छन । नेपाली काग्रेसको माहाधिबेसन प्रतिनिधी तथा माहासमिती सदस्य समेत भइसकेका तामाङ्ग ककनी गा.पा.को जुजारु युवा नेतामा गनिन्छन ।र उनि के सी प्यानल सगं नजिक छन ।
भाग्यश्री लामा नुवाकोटको जनजाती माहासघंमा आबद्ध लामा मिलनसार र सरल ब्यक्त्तिोमा गनिन्छन । हाल ककनी गा.पा.को पार्टि सभापति छन । उनि पनि के सी प्यानल सगं निकट छन । ,श्रीराम ढुङ्गाना,स्थानिय स्तरमा पुरानो नेतामा गन्निछन हालै सम्पन् १४ औं माहाधिबेसनमामा केन्द्रय माहाधिबेसन प्रतिनिधीका प्रत्यासि हुन । उनि पनि हाल के सी प्यानलमा रहेको बुझिन्छ ।
प्रकाश शरण महत प्यानलमा उभिएका थिए तर त्याहा बाट उनले राजनितीमा भबिश्य नदेखे पछि क्याम्प परिबर्तन गरी के सी क्याम्प बाट माहाधिबेसन प्रतिनिधीमा भिडेका थिए ।
बिष्णु गुरुङ्ग, स्थानिय नेतामा परिचित छन । १३ औं माहाधिबेसनमा जिल्ला कार्यसमिती सदस्य भएका गुरुङ्ग १४ औं माहाधिबेसनमा क्षेत्रिय प्रतिनिधी बनेका थिए । उनि पनि के सी प्यानल सगं नजिक रहेको बुझिन्छ ।
दिपेश लामा, पेशाले निर्माण ब्यवसायि हुन । बिगतको स्थानिय निर्वाचनमा अधक्ष्यका प्रत्यासि हुन हाल जिल्ला कार्यसमिती सदस्य छन ।उनि प्रकाशरण महत निकट मानिन्छन ।
राजन नेगी ,पेसाले कृषि कार्यमा आबद्ध छन । हालैको १४ औं माहाधिबेसनमा क्षेत्रिय प्रतिनीधि भएका नेगी के सी निकट मानिन्छन ।