काठमाडौँ, ७ चैत
राप्रपा नेपालले स्थानीय निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा राप्रपा नेपालका ७७ जिल्ला कार्य समितिहरुको विवरण पेश गरेको छ ।
उक्त विवरण पेंश गर्न पार्टीका तर्फबाट महामन्त्री सुशील श्रेष्ठ, प्रवक्ता सुरेश आचार्य र सह महामन्त्री तेजकुमार कुरुङवाङ् निर्वाचन आयोग जानुभएको थियो ।
पूर्व उपप्रधानमंत्री कमल थापाको अध्यक्षतामा राप्रपा नेपाल गत फागुन ७ गते घोषणा सभा गरी पुनस्जागृत भएको थियो । यसरी एक महिनामै देशभरी जिल्लास्तरीय भेला आयोजना गरी ७७ जिल्लामा संगठन बिस्तार गर्न सफल भएकोमा पार्टीका संपूर्ण नेता कार्यकर्ताहरुलाई अध्यक्ष थापाले धन्यवाद व्यक्त गर्नु भएको छ ।