काठमाडौं, फागुन ३०
महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्ने उद्ेश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंकको दरवारमार्ग शाखाले नक्साल, काठमाडांै स्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागि ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।
विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबिच उक्त सहयोग रकम प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उदे्श्यले उक्त सहयोग प्रदान गरिएको दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए । यस सहयोगबाट विद्यालयमाअध्ययनगर्न आउने विद्यार्थीहरुको स्वस्थजिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको व्यहोरा जानकारी गराउदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे ।
बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमितकुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षातथा खेलकुद अपरिहार्य रहेको बताउदै यो सहयोगले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीन वटा शाखाहरु मार्फत करिब छ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।